दुई वर्षपछि बोलिन् शेख हसिना, डिसेम्बरमा बंगलादेश फर्किने

काठमाडौं । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले दुई वर्षपछि सार्वजनिक रूपमा धारणा राख्दै यसै वर्ष डिसेम्बरमा स्वदेश फर्किने दाबी गरेकी छन् ।

सन् २०२४ को विद्यार्थी आन्दोलनपछि भारतमा निर्वासनमा रहेकी हसिनाले बुधबार भर्चुअल माध्यमबाट पत्रकार सम्मेलन गर्दै आफ्नो फर्किने योजना, आवामी लिग, बंगलादेशको राजनीति र आन्दोलनबारे धारणा सार्वजनिक गरेकी हुन् ।

उनले आफू बंगलादेशका जनतामाझ फर्किने बताउँदै फर्किने निश्चित मिति भने उचित समयमा जानकारी दिने उल्लेख गरिन् ।

हसिनाले २०२४ को विद्यार्थी आन्दोलन शान्तिपूर्ण नभएको दाबी गर्दै केही संगठित समूहले विद्यार्थीका मागलाई हिंसात्मक राजनीतिक अभियानमा परिणत गरेको आरोप लगाइन् ।

उनले आफूविरुद्ध लगाइएका मुद्दाहरू मनगढन्ते र फर्जी भएको दाबी गर्दै जनताप्रतिको आफ्नो जिम्मेवारीबाट पछि नहट्ने बताइन् ।

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *